बाँकेमा १७.९ प्रतिशत वालबालिका विद्यालय बाहिर

बाँके । लुम्विनी प्रदेशको बाँकेमा १७.९ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । त्यस्तै, कपिलवस्तुमा १६.२ प्रतिशत वालबालिका विद्यालय बाहिर रहेका छन ।

त्यस्तै, दुबै जिल्लामा विद्यालयमा रहेका बालबालिकाको विद्यालय छाड्ने जोखिम समेत बढी रहेको बताइएको छ ।

Advertisement

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा युनिसेफ र ग्लोवल एक्सन नेपालले विद्यालय बाहिर रहेका बालबालिका अवस्थाको अध्ययन गरी शनिबार नेपालगञ्जमा प्रतिवेदनमा दुबै जिल्लामा बिधालय छोड्ने बालबालिका को अवस्था देखाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्दै शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निलकण्ठ ढकालले लुम्विनी, कर्णाली र मधेस प्रदेशमा विद्यार्थीको विद्यालय छाड्ने अवस्थालगायतमा केन्द्रित भइ प्रतिवेदन तयार गरिएको जानकारी दिईएको हो ।

प्रस्तुत प्रतिवेदन अनुसार नेपालभरी ५ देखि १७ उमेर समूहका ११.३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छ्न ।

कक्षा १–५, ६–८, ९–१२ सम्म पनि विद्यालय बाहिर हुनेमा बाँके र कपिलवस्तुका सबैभन्दा बढी छन् । यसैगरी लुम्विनीमा १–५ सम्म अध्ययन गरिरहेका मध्ये २०.७ प्रतिशत विद्यार्थी जुनसुकै समयमा पनि विद्यालयबाट बाहिर हुने जोखिममा छन् । ६–८ सम्म ३३ प्रतिशत र ९–१२ का ७८.९ प्रतिशत विद्यार्थी जुनसुकै समयमा विद्यालय बाहिर हुन सक्ने जोखिममा रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु