अयोध्यामा प्राणप्रतिष्ठाः मोदीले सार्वजनिक गरे राम मन्दिरको हुलाक टिकट

बीबीसी । अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठामा रामको ‘ससुराली’ मान्ने गरिएको जनकपुरधामबाट श्रद्धालुसहित महन्तहरूको टोली सहभागी भइरहेको छ।

अयोध्यामा प्राणप्रतिष्ठा भर्ने समारोहको सम्झनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर सम्बन्धी संस्मरणात्मक हुलाक टिकटहरू बिहीबार सार्वजनिक गरेका छन्।

Advertisement

नेपाल फिलाटेलिक सोसाइटीका निवर्तमान अध्यक्ष शङ्कर श्रेष्ठ धार्मिक र सांस्कृतिक पक्ष जोडिएका महत्त्वपूर्ण समारोहहरूमा दुवै देशले हुलाक टिकटका क्षेत्रमा पनि सहकार्य गर्नुपर्ने धारणा राख्छन्।

उनले , “अयोध्यामा मन्दिर बनाउने कुरामा पनि नेपालबाट ढुङ्गा र जल लगिएको थियो। यत्रो ठूलो कार्यक्रम हुँदै छ दुवै देशको हुलाक सम्बन्धी निकायहरूले मिलेर टिकट निकाल्न सकेको भए त्यो ऐतिहासिक हुन्थ्यो।”

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु