खजुरा। कोहलपुर नगरपालिकाले सरकारी र संस्थागत बिद्यालयका कक्षा १ देखि ५ सम्मका लागि हाम्रो कोहलपुर पाठ्यपुस्तक तयार पारेको छ । उक्त पाठ्यपुस्तक अवको शैक्षिकशत्रदेखि लागु हुने छ ।
उक्त पाठ्यपुस्तक सोमबार एक कार्यक्रमबिच सार्वजनीकरण गरिएको छ । कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने बताईको छ । पुस्तकमा स्थानीय भाषा, कला संस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सिर्जना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तरिका समेत सिकाएको छ ।
Advertisement
पाठ्यपुस्तक सार्वजनिक गरिएसँगै चालू शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए ।









