ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
Advertisement
आयोगले नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो ।









