काठमाडौँ । रिक्त रहेको राष्ट्रियसभा सदस्यका लागि निर्वाचनमा सातै प्रदेशमा मतदान सुरु भएको छ । निर्वाचन सम्पन्न भएर आज नै मतपरिणाम आउन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
Advertisement
फागुन २१ गतेबाट रिक्त हुने दुई जना राष्ट्रिय सभा सदस्य पदका लागि जारी निर्वाचनमा गठबन्धन दलको तर्फबाट दुई र नेकपा एमालेबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीबाट एक जना उम्मेदवार हुनुहुन्छ ।
नेकपा एमालेबाट खुला तर्फ उम्मेदवारी दिनुभएका उम्मेदवार परशुराम अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्धव पौडेललाई समर्थन गर्नुभएका कारण निर्वाचन केन्द्रमा चार जना उम्मेदवार उपस्थित हुनुभएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेश सभाका ९३ जना सदस्य, १३७ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत ३६७ जना मतदाता हुनुहुन्छ । राष्ट्रिय सभा सदस्यको रिक्त पदमध्ये बागमती प्रदेशबाट निर्वाचित हुने चार जनाका लागि मतदान सुरु भएको छ ।
गोरखापत्रको समचार अनुसार हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माध्यमिक विद्यालय प्राविधिक शिक्षालय परिसरमा रहेको मतदान स्थलका दुई वटा मतदान केन्द्रमा मतदाताहरूले मतदान गर्न सुरु गरेका हुन् ।राष्ट्रिय सभा सदस्य निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी मतदान केन्द्रमा व्यवस्था गरिएको जनाएको छ ।
निर्वाचनका मतदाता रहेका प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदाताहरूले मतदान केन्द्रमा लामबद्ध भएर उत्साहजनक रूपमा मतदान गर्न सुरु गरेका छन् ।
राष्ट्रियसभा सदस्य चयनका लागि लुम्बिनी प्रदेशको घोराहीमा मतदान सुरु भएको छ ।
घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा रहेको मतदान केन्द्रमा पुगेर लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मतदान गरेसँगै सुरु भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभएको छ । उहाँका अनुसार मुख्यमन्त्री चौधरीले मतदान केन्द्र ९क०मा मतदान गर्नुभएको हो । मतदानका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको छ ।
लुम्बिनी प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि निर्वाचन हुन थालेको छ । उहाँका अनुसार मतदानमा सहजताका लागि मतदान स्थलमा दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । मतदान केन्द्र ९क० मा प्रदेश सभा सदस्य र मतदान केन्द्र ९ख० मा स्थानीय तहका प्रमुखरउपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिनुभएको छ । उहाँका अनुसार मतदानका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।









