बाँके,/ कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मिनिबस चालकको खोजी गरिरहेको छ ।









