दलबहादुर सुनार ११ माघ
Advertisement
, बढैयाताल किशोरी मनिसा थाारु एक घण्टाको लागि बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को वडा अध्यक्ष बनेकी छन् ।
बाके यूनेस्को क्लबको शसक्त बालिका परियोजनाले आज गरेको गल्स टेक ओभर कार्यक्रमा बिद्या ज्योती नमुना माध्यामिक बिद्यालय कण्ठपुरमा कक्षा १२मा अध्ययनरत छात्रा मनिसा थारु एक घण्टाको लागि बढैयाताल गाउँपालिका वडा नम्बर ८ को अध्यक्ष बनेकी हुन् ।
बालिका तथा किशोरीका हक अधिकारका बारेमा पैरबी गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागि किशोरीहरुले बालिका तथा किशोरीका हक अधिकार सुनिश्चितताका लागि ६ पेजको ज्ञापन पत्र वडा अध्यक्ष लाई बुझाएका थिए ।
एक घण्टाको लागि वडा अध्यक्ष बनेकी थारुले सहभागिहरुले उठाएको प्रश्नको जवाफ दिने प्रयास गरेकी थिईन भने प्रत्यक्ष स्थानिय सरकारले सम्बोधन गर्ने खालका प्रश्नको जवाफ भने वडा अध्यक्ष तेजनाथ पौडेलले दिनु भएको थियो ।
कार्यक्रममा किशोरीका साझा समस्या र चुनौतिहरुको पहिचान गरी किशोरी लाई हरेक क्षेत्रमा समान सहभागिता र अवसरमा पहुँच अभिबृद्धि गर्न पर्ने स्थानिय वडा र पालिकाले बजेट सहितको योजना बनाउनु पर्नेमा सहभागि किशोरीहरुले जोड दिनु भएको थियो ।
बढैयाताल गाउँ पालिका ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेलले सहभागिहरुले उठान गरेका प्रश्नहरुको जवाफ दिदै भन्नु भयो सामाजिक परम्परागत मुल्यमान्यताले गर्दा समाजमा अझैपनि केही बिभेद र हिंसाका अवशेष छन् । त्यस्ता अब्यबहारीक र कानुनको दृष्टिमा अमान्य खालका हिंसा , सामाजिक बिभेद र वाल बिवाह जस्ता घटना लाई न्युनिकरण गर्न संगठित भएर लाग्नु पर्नेमा अध्यक्ष पौडेलले जोड दिनु भयो ।
यूवाहरु लाई सक्रिय बनाई बालबालिका तथा किशोर किशोरी लाई कुलत वाट बचाउन बाल क्लब तथा किशोरी क्लब गठन गरि उनीहरुको क्षमतामा बिकास गर्दैै समाज रुपान्तरणको संबाहको रुपमा जोड्न पालिकामा किशोरी मैत्री योजना बनाउन पहल गर्नै र वडाका संरचनामा समाबेशी सिद्धान्त अनुसार किशोरी लाई समान सहभागिताको अवसरको सिर्जना गर्ने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाउनु भयो ।
प्लान इन्टरनेश्नल नेपालको सहयोगमा संचालित कार्यक्रममा बढैयाताल गाउँ पालिका ८ नम्बर वडाका सदस्य ममता घर्ति , कृष्णकला सुनार , वडासचिब स्वस्तिका पौडेल कालिका सामुदायिक पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठ, वडाका किशोर किशोरी , बिद्यार्थी लगाएत सहभागिता रहेको शसक्त परियोजना बढैयातालका कर्मचारी राम बहादुर थारुले जानकारी दिनु भयो ।









