बर्दियामा आगोमा जलेर फेरि एक वृद्धको मृत्यु, हालसम्म ८ को मृत्यु

बर्दिया — बारबर्दिया नगरपालिका–३, मुन्न्नागौढीमा आगो ताप्ने क्रममा जलेर स्थानीय ८० वर्षीय चेतानन्द शर्माको मृत्यु भएको छ । प्रहरीका अनुसार अनुसार आगो ताप्ने क्रममा घाइते भएका शर्मालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो ।

बिहीबार बेलुका आगोले पोलेर घाइते भएका उनको शुक्रबार उपचारकै क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । बर्दियामा जाडोयाम लागे यता आगो ताप्ने क्रममा आगोले जलेर आठ जनाको मृत्यु भइसकेको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु