बाँकेको खजुरा मिनी रङ्गशाला निर्माण पूर्णता पाउन ढिलाई

बाँके । बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँस्थित आदर्श प्राथमिक विद्यालयको खेल मैदानमा प्रदेश सरकारले सुरु गरेको रङ्गशाला निमार्णमा ढिलाई हुँदै गएको छ । मिनी रङ्गशाला निर्माणको काम सुरु भए पनि पुर्णता पाउन नसेको निवर्तमान वडाध्यक्ष तथा न्यू डाँफे युवा स्पोर्टस क्लवका पूर्व अध्यक्ष तिलकवीर सुनारले जानकारी दिए । उनका अनुसार मिनि रङ्गशालालाई पूर्णता दिन प्याराफिट तथा गेट निर्माणलगायतका काम बाँकी छन् ।

रङ्गशालाको पूर्व, दक्षिण र पश्चिमतर्फ प्याराफिट निर्माण भएको छ भने उत्तरतर्फ भवन निर्माण भएको छ । यस मैदानमा राष्ट्रिय खेलकुद अन्तर्गत फुटबलका केही खेल सम्पन्न भएका छन् । पाँच वर्षअघि सुरु भएको मिनी रङ्गशाला निर्माणका लागि प्रदेश सरकार र खजुरा गाउँपालिकाको एक करोड रुपियाँ खर्च भएको छ ।

Advertisement

यसैबीच लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव जयप्रकाश भट्टराईले बाँकेको खजुरा गाउँपालिकामा रहेका मिनी फुटबल रङ्गशाला डिगाउँ र शुक्र भलिबल रङ्गशाला के गाउँको स्थलगत अनुगमन गरी खेलाडी, खेलकर्मी र स्थानीय बासिन्दासँग छलफल गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु