बर्दिया प्रसेनीपुरमा आगालगीः भैसी, बाख्रा र कुखुरा जले

 

बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–६ प्रसेनीपुरका मुक्तबहादुर बस्नेतको भान्सा र खरले छाएको गोठमा भएको आगलागीमा परी एउटा भैंसी, एउटा पाडो, २ वटा बाख्रा, ३ वटा खसी र १५ वटा कुखुरा मरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तिलकराम अर्यालका अनुसार आगलागीबाट करिब ५ लाख रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । आगलागीको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु