Advertisement
नेपालगन्ज । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि नेपालगन्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ ।
नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार उडान अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै कुरेर बसेका छन् ।
नेपालगन्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगन्जबाट उडान भर्दै आएका छन् । हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर ७ ।८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो ।









