Advertisement
धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले मबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकाछन् ।
साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् ।
मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताए । त्यसबारे बुझिरहेको बताउँदै साउँदले उनीसँग कुनै लेनदेन नभएको बताए । उनले आफूले धम्की दिएको कुरा सत्य नभएको बताए ।









