बिजुवार । प्युठानको जुम्रीमा स्थित होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा शिशु फेला परेको छ । बुधबार बिहान ७ बजे बच्चा रोएको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जीवित शिशुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।कसले बच्चा जन्माएर के उद्देश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।









