बर्दिया — लागूऔषध लिएर बर्दिया कारागारमा कैदी भेट्ने निहुँमा गएका गुलरिया नगरपालिका–२ संगमबस्तीका २२ वर्षीय विजय तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा मधुवन नगरपालिका–९ का कमल शर्मालाई काँचो माछाभित्र लुकाई ल्याएको लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थसहित उनी पक्राउ परेका हुन् ।
Advertisement
पक्राउ परेका तिरुवाबाट ५ सय २० मिलीग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले तिरुवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।









