चट्याङ् लागेर एक जनाको मृत्यु

बाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ गाँज्राका ८४ वर्षीय दलबहादुर बुढा घरमा सुतिरहेको बेला बुधबार राति चट्याङ् परेर बुढाको मृत्यु भएको छ । साथै चट्याङ् लागेर दुई बाख्रा समेत मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिजो राति चट्याङ् परेर बुढा र दुई बाख्रा मरेको भन्ने खबर प्राप्त भएसँगै थप जानकारी लिने गरी आफू घटनास्थलमा जान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु