सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)। बर्दघाट नगरपालिका-४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।

सुस्ता गाउँपालिकf-(१ बरुवfमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका-१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो ।

Advertisement

गोली लागेर घाइते हुनुभएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ छ ।

जनाएको छ । उहाँको पाखुरामा गोली लागेको छ ।

गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ । रासस

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु