बाँकेको जानकिमा कुटपिटबाट युवकको मृत्यु

 

 

Advertisement

खजुरा । स्थानीयको कुटपिटबाट बाँकेको जानकी गाउँपालिका १ बढैयाका २० वर्षीय युवा मुनिर खाँको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मुनिरको उपचारका क्रममा आज बिहान नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

गत शुक्रबार सामान्य विषयमा झगडा हुँदा स्थानीयले हातपात गरि मुनिरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

मृतक मुनिरको शव पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि परिवारका सदस्यलाई बुझाइएको छ ।

मुनिरलाई कुटपिट गर्ने उक्त व्यक्तिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु