भुमि आयोगको काम लाई सहजबनाउन बढैयातालमा अन्तरक्रिया

दलबहादुर सुनार

बढैयाताल २५ माघ भुमि आयोगको काममा सहज बनाउन आज बढैयातालमा सरोकारवाला  संग अन्तरक्रिया गरिएको छ ।
बढैयाताल गाउँपालिका भित्र रहेका भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अब्यबवस्थित बसोबासीहरुको लगत संकलन निस्सा वितरण नाप नक्सा जग्गा पहिचान लगाएतको बिषयमा सहजबनाउन सरोकारवाला संग अन्तक्रिया गरिएको हो ।
बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा भुमि आयोग बर्दियाका अध्यक्ष बिनाराम चौधरीले आयोगको काम लाई ब्यबस्थित र प्रभाबकारी बनाउने दायित्व वडा ,पालिका र आयोगको रहने बताए ।
बर्दियामा ३० हजार ४सय ३६ लगत संकलन भएको जानकारी गरादै बर्दियामा बिगतका भुमि सम्बन्धिको आयोगको पालमा गर्न बाकी अधुरा काम लाई पुरा गर्ने दायित्व बर्तमान भुमि आयोगको भएको बताए । अध्यक्ष चौधरीले भने बेदराज आयोगको पालमा फिल्डमा नगई घरै वाट र कार्यालयको टेवल वाट बितरण गर्दा सुकुम्बासीले भन्दा हुकुम बासीले लालपुर्जा प्राप्त गरेको बताउदै बिधि र कानुनको अधिनमा रहेर स्थानिय तहको समन्वय र सहकार्यमा यो आयोगले काम गर्ने अध्यक्ष चौधरीले बिश्वास दिलाए ।
अन्तरक्रिया कार्यक्रममा नापि कार्यालय बर्दियाका प्रमुख तथा भुमि आयोग बर्दियाका सदस्य सचिब किसन सिंह बिष्ठले भुमिहिन दलित , भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बासोबासीहरुलाई जग्गा उपलब्ध गराउने सम्बन्धी राष्ट्रिय भुमि आयोगको नीति गत ब्यबस्थाको बारेमा जानकारी गराउदै जग्गा कस्लाई दिने , कस्ले दिने , कति दिने , कसरी दिने ,कहाँको जग्गा दिने भन्ने बारेमा प्रष्ट पारे ।
यसै गरि भुमि आयोगका बिज्ञ अशोक पोख्रेलले भुमिहिन दलित , भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीको बारेमा थप प्रकास पार्दै भने अधिकार सम्पन्न भुमि आयोग हो । सम्भवत यो भुमि सम्बन्धिको अन्तिम आयोग हुने भन्दै यो आयोगले कानुनको जगमा टेकेर काम गरेको भन्दै आयोगको काममा कसैले आशंका र अबिश्वास गर्न नहुने बताए । यो आयोगको मुख्य अर्कोकाम बिगतका आयोगका पालमा गर्न बाकी अधुरा काम पुरा गर्ने अधिकार रहेको तर पुर्नवास ,मुक्त कमैया सम्बन्धि भने आयोगको क्षेत्र भित्र नपर्ने बताए ।
कार्यक्रममा भुमिआयोगका सदस्यहरु , स्थानिय राजनितक दलका प्रमुख , बढैयाताल गाउँपालिका कार्यपालिका सदस्यहरु , वडा नम्बर १ देखि ९ सम्मका वडा अध्यक्षहरु , वडा सचिबहरु र पालिकाका भुमि आयोग सहजिकरण समितिका सदस्यहरु लगाएत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले भुमिहिन दलित र सुकुम्बासी लाई घर आवास र कृषि दुबै दिनु पर्ने बताउदै बढैयातालमा बिगतका आयोगको पालमा गैर सुकुम्बासीले लाल पुर्जा पाएका तर बास्तबिक सुकुम्बासीले भने भोगचलन गरेको जग्गाको लाल पुर्जा नपाएको र पहुचको आधारमा ब्यक्तिले सार्वजनिक जग्गा कब्जा गरेको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीले स्वागत र प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले सञ्चालन गरेका जनाएको छ ।

Advertisement

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु