बर्दियामा मदिरा सेवन गराई किशोरीलाई बलात्कार गर्ने पक्राउ

 

बर्दिया —मदिरा सेवन गराई बर्दिया बारबर्दिया नगरपालिका–८ की एक १८ वर्षीया किशोरीलाई बलात्कारको आरोपमा बाँके खजुरा गाउँपालिका–२ का ३६ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ ।

Advertisement

अछाम घर भई आफ्नै दिदीको घर बस्न आएकी किशोरीलाई ती युवाले बलात्कार गरेको उजुरी प्रहरीसमक्ष उनले दिएकी छन् । आरोपित ती युवाले बच्चा नहुने औषधि खरिद गर्न १ हजार रुपैयाँ दिएका थिए ।

महिलाले पीडित ती किशोरीलाई औषधि खरिद गर्न मतियारको काम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु