फागुन ३ गते नागरिक उन्मुक्ति पार्टी स्थापना दिवस मनाउने तयारीमा

 

नेपालगन्ज । नागरिक उन्मुक्ति पार्टीले देशभरीका जिल्ला, क्षेत्र,पालिका र वडास्तरमा दोस्रो स्थापना दिवस मनाउने भएको छ ।
अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरी मनाउने निर्णय गरेको हो ।

Advertisement

पार्टी महासचिव ठाकुरसिंह थारूले एक विज्ञप्ती जारी गरी पार्टीको स्थापना दिवस भब्यताका साथ मनाउने तयारी भइरहेको जनाएका छन् ।
पार्टी स्थापना दिवसका दिन दीप प्रज्जवलन पछि भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता जिन्दावाद, समुदायमा आधारित समाजवाद जिन्दावाद र नागरिक उन्मुक्ति पार्टी जिन्दावाद्को नारा लगाउनुका साथै पार्टीको गीत बजाएर खुशियाली साट्टासाट्ट गर्ने निर्णय भएको महासचिव थारुले बताए ।

स्थापना दिवसका अवसरमा पार्टीको हरेक तहका कार्यसमितिले आ–आफ्नो पार्टी कार्यालयमा जलपान कार्यक्रमको आयोजना गर्ने निर्णय पनि गरिएको महासचिव थारुले जानकारी दिए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु