मर्चहवामा हजुरबुवा र नाति मृत फेला

 

परासी — पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ३ मर्चहवामा ६५ वर्षका यक्षलाल चमार र ११ वर्षिय गौचरण चमार मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उनीहरु एकै घरका हजुरबुवा र नाति हुन् ।

Advertisement

गण्डक ब्यारेज नारायणी नदीको ५ नम्बर ठोकर नजिकै बसोबास गर्ने उनीहरुको हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार बिहान बिहान स्थानीयले नाति र हजुरबुवा दुवैलाई मृतअवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अहिले घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु