नेपालगन्ज । जागीर का सिलसिलामा दैलेख का अम्बरबहादुर मल्ल जाजरकोटमा हुनुहुन्थ्यो भर्खर ४३ बर्षको युवा उमेर थियो यो उमेरमा अनेक चाहना र शौख हुनु स्वभाविक थियो उहाँ लाई उ बेला रेडियो घन्काउने बिछट्टै को हुटहुटी चढ्यो अनि काठमाडौ बाट आउँदै गरेका आफन्त सङ्ग २०३४ सालमा रेडियो मगाउनु भयो।
Advertisement

रेडियो अहिले जस्तो न त जतिसुकै किन्न पाइन्थ्यो न त किनेर राख्न नै सजिलो थियो रुपैयाँ १८ सयमा किनेको रेडियो को लाइसेन्स पनि लिन पर्ने भयो र जाजरकोट जिल्ला पन्चायत बाट रेडियो राख्ने र बजाउने लाइसेन्स रुपैयाँ ५ तिरेर अम्बर बहादुर मल्ल ले रेडियो बजाउन थाल्नु भो, त्यो बेला त्यतिपैसाले जग्गा किनेको भए प्रसस्त जग्गा आउथ्यो तर रहर का अगाडि ती कुरा गौण थिए युवा उमेर थियो अनि रेडियो सुन्ने रहर।

अहिले ८७ बर्षको उमेरमा पनि त्यो फिलिप्स रेडियो अतिनै मायाले सम्हालेर राख्नुभएको छ उहाँ ले। नेपालगन्ज उपमहानगर वडा न१ मा स्थायी रूपमा बसोबास गर्दै आउनुभएका मल्ल यो रेडियो बोकेर फोटो खिचाउदै गर्दा आफ्नो हिजोको रेडियो किन्दाको ४३ बर्षे उमेर र जाजरकोट नै पुगेझैं रोमाञ्चक यादमा पुग्नु भयो।








