मधुवनमा अपांगता परिचयपत्र बितरण

 

 

Advertisement

दलबहादुर सुनार १ फागुन मधुवन नगरपालिकमा अपांगता परिचयपत्र बितरण गरिएको छ ।
मधुवन नगरपालिकाका उप–प्रमुख अनिता चौधरीको अध्यक्षतामा बसेको परिचयपत्र बितरण समन्वय समितिको बैठकले आज १७ जना लाई अपांगता परिचयपत्र बितरण गरेको हो ।

मंगलबार बसेको बैठकले क वर्गमा १ जना , ख बर्गमा १३ जना ग बर्गमा १ जना र घ बर्गमा २ लाई अपांगता परिचय पत्र प्रदान गरिएको महिला शाखा प्रमुख इन्द्रा चुनाराले जानकारी दिनु भयो ।
परिचय पत्र समन्वय समितिको बैठकले अपांगता परिचय पत्र लाई नीतिगत ब्यबस्था अनुसार प्रभाबकारी रुपमा बितरण गर्दै आएको र पालिका सम्म आउन नसक्ने पुर्ण अशक्त ,अतिअशक्त अपांगता भएका ब्यक्तिहरुको हकमा घरमा गएर शारीरिक अवस्था र स्वास्थ्य परिक्षण प्रमाणको आधारमा परिचय पत्र उपलब्ध गराउने गरेको महिला शाखा प्रमुख चुनराले बताउनु भयो ।

अपांगता परिचय बितरण कार्यबिधी २०७५ लागु हुनु भन्दा पहिला बितरण गरिएका परिचय पत्र स्वत निष्क्रिय भएकोले पहिला प्राप्त गरेकाहरुले नयाँ मापदण्ड अनुसारको परिचयपत्र लिनु पर्ने हुन्छ । मधुनमा अपांगता परिचय पत्रको बर्ग परिवर्तन , अध्याबधिक र नयाँ परिचय गरि हाल सम्म क बर्गमा १४३ जना, ख बर्गमा ४४३ जना ग बर्गमा १३९ जना र घ बर्गमा ६० गरि जम्मा ७८५ जना लाई अपांगता परिचय पत्र प्रदान गरेको महिला शाखाले जनाएको छ ।

बैठकमा नगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पार्वती पंडीत , जिल्ला अस्पताल बर्दियाका मेडिकल अधिकृत डाक्टर आरिफ हास्मि , बर्दिया अपांग पुनस्र्थापना केन्द्रका माहासचिब दलबहादुर सुनार लगाएत समितिका सदस्यहरुको उपस्थिति रहेको जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु