पाल्पा दुर्घटनाः १० जनाको मृत्यु, १६ जना घाइते (नामावली हेर्नुस)

 

तानसेन । मङ्गलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

मृत्यु हुनेमा
१) तिनाउ–६, की ६० वर्षकी यनकुमारी पन्त
२) तिनाउ–६, का ३९ वर्षीय रामबहादुर अस्लामी
३) तिनाउ–६, का ६७ वर्षका कृष्णबहादुर अस्लामी
४) तिनाउ–६, का २८ वर्षकी उर्मिला अस्लामी
५) बुटवल उपमहानगरपालिका–१४ का ७० वर्षीय चन्द्र रणपाल
६) बुटवल उपमहानगरपालिका–१४ का६० वर्षकी चुना रणपाल
७) तिनाउ–२, की २० वर्षीया गीता सुनार
८) रिव्दीकोट–१ की ६६ वर्षीया विष्णुकला कामी
९) रिव्दीकोट–१ ६५ वर्षीया दिलकुमारी सुनार
१० ) रुपन्देही जिल्ला देवदह नगरपालिका–५, की २९ वर्षकी दिलमाया जिसी

दुर्घटनामा परी सात जना बालबालिका घाइते
१) रिव्दीकोट–१, की विद्या सुनार
२) , सोही स्थानकी माया सुनार
३) आरभ सुनार
४) तिनाउ–६, का सौरभ पुन
५) रुपन्देही खैरेनीका विवेक जिसी
६) अस्मित जिसी
७) पहिचान नखुलेको दुई महिनाकी बालिका
८) तिनाउ–६, की कृष्णा पन्त,
९) सोही स्थानकी उमा रास्कोटी
१०) अमृता गहतराज,
११) शान्ति राना,
१२) कुलबहादुर नेपाली
१३) रिव्दीकोट–१ की रमा सुनार
१४) रुपन्देही हरैयाकी भूमि पुन
१५) तानसेन–१० का दानबहादुर चिदी,
१६) तिनाउ–२, की कमला सुनार

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु