खजुरा/ बाके जिल्ला स्थित खजुरामा रहेको सयौं बर्ष पुरानो मुसबेटवाबाबा मजारमा हरेक बर्ष बसन्त पन्चमी का दिनदेखि लाग्दै आएको परम्परागत ” मुसबेटवा मेला ” आज बाट शुरु भएको छ।
हिन्दु र मुस्लिम दुबै समुदायको आस्थाको धरोहर का रूपमा रहेको मुसबेटवा बाबा मजारमा दुई दिनसम्म बाके र बर्दिया तथा छिमेकी जिल्लाहरु र भारतीय सिमावर्ती गाउँ र शहर बाट हजारौं ले यहाँ पुजा अर्चना गर्नुका साथै यहाँ लाग्ने परम्परागत मेलाको अवलोकन गर्ने गरेका छन् ।
Advertisement
सबै धर्मावलम्बीले मान्ने र आस्था का साथ मजार दर्शन र मेला भर्ने गरेका कारण यो मेलाको परिचय सद्भाव को मेला का रूपमा हुने गरेको छ।
यहाँ च्यादर र प्रसाद चढाएर मन्नत मागे चाडैं नै पुरा हुने जनविश्वास समेत रहदै आएको छ। यसमेला को उद्घाटन खजुरा गाउँ पालिका का अध्यक्ष डम्बर बिक तुफान , उपाध्यक्ष मन्जु मल्ल , वडा न -४ का अध्यक्ष टेक बहादुर रोकाय, एमाले नेता बेदनिधी प्याकुरेल , एमाले बाके प्रचार बिभाग प्रमुख सतिश निरौला , प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेस जिसि, खजुरा रेडक्रस सभापति जिवनाथ सापकोटा लगायतले सामुहिक रूपमा मुसबेटवा मजारमा च्यादर ओढाएर तथा प्रसाद चढाएर गरेका थिए।









