आज नागरिक उन्मुक्ति पार्टीको दोस्रो वर्ष गाँठ

नेपालगन्ज । नागरिक उन्मुक्ति पार्टीले आज देशभरीका जिल्लाहरुमा दोस्रो बर्ष गाँठ भब्यरुपमा मनाउँदै छ । पार्टीको स्थापना दिवसको अवसरमा पार्टी कार्यालयहरुमा चियापान, अन्र्तक्रिया कार्यक्रम गरिने पार्टी महासचिव ठाकुरसिंह थारुले बताए । उनले देशभरी रहेका पार्टीका कार्यकर्ताहरुलाई क्षेत्र,पालिका र वडास्तरमा दोस्रो स्थापना दिवस मनाउने सर्कुलर जारी गरिएको जनाए ।

अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा काठमाडौंमा सम्पन्न बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरी मनाउने निर्णय गरेको थियो ।

Advertisement

पार्टी स्थापना दिवसका दिन दीप प्रज्जवलन पछि भौगोलिक, सांस्कृतिक पहिचानसहितको सङ्घीयता जिन्दावाद, समुदायमा आधारित समाजवाद जिन्दावाद र नागरिक उन्मुक्ति पार्टी जिन्दावाद्को नारा लगाउनुका साथै पार्टीको गीत बजाएर खुशियाली साट्टासाट्ट गरिने छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु