बढैयातालमा बाल विवाह बिरुद्ध सचेतना अभियान तिब्र पार्दै नागरिक समाज


दलबहादु सुनार ५ फागुन , नागरिक समाज सञ्जाल बढैयातालले बालविवाह बिरुद्धको सचेतना अभियानलाई तिब्र पारेको छ ।
बाके युनेस्को क्लबको बाल विवाह ,चाडै हुने र जवरजस्ती गरिने विवाह रोकथामम परियोजनाको सहयोगमा सञ्जालले बालविवाह बिरुद्धको सचेतना अभियानलाई तिब्र पारेका हो ।
बाल विवाह न्यूनिकरण तथा नियन्त्रणका लागि स्थानिय वडा कार्यालय र स्थानिय टोल बिकास समितिको समन्वयमा साताको भेटमा बाल विवाहको कुरा भन्ने सन्देश बढैयाताल गाउँ पालिका वडा ननम्बर ८ का टोल टोलमा  सचेतनाकाे अभियान बिस्तार गरिएको सञ्जालका सचिब ज्ञानेन्द्र पोख्रेलले जनाएका छन् ।
अभियानमा बाल विवाह भनेको के हो , किन हुन्छ बाल विवाह , बाल विवाह हुदा हुने शारीरिक मानसिक , स्वास्थ्य , सामाजिक , आर्थिक , शैक्षिक क्षेत्रमा पार्ने असर , बाल विवाह रोक्न अभिभाबक , समुदाय र स्थानिय सरकारको भुमिका बिषयमा नागरिक समाज संजालका सदस्य दलबहादुर सुनारले सहजिकरण गरेका बाके युनेस्को क्लबले जनाएको छ ।
सन २०२५ सम्ममा बढैयाताल गाउँ पालिका लाई बाल विवाह मुक्त पालिका घोषणा गर्ने पालिकाको रणनीति योजना लाई पुरा गर्न वडा कार्यालयले पनि योजना बनाई बिभिन्न संघ सस्था संग समन्वय र सहकार्य लाई तिब्र पार्दै पारेका छन् ।
बढैयाताल गाउँपालिकाको वडा नम्बर २ , ३, ६ र ७ बाल विवाह मुक्त घोषणा भैसकेका छन् र वडा नम्बर ८ पनि एक दुई महिनामा घोषणा गर्ने तयारी भएकोले अभियान लाई तिब्र पारिएको वडाले जनाएको छ । बाके युनेस्को क्लबको पहलमा गरिएको सबेक्षण अनुसार वडा नम्बर ८ मा सन २०२३ को अन्तिम सम्म बाल विवाहको दर १६ प्रतिशत रहेको र २० प्रतिशत भन्दा कम भएको अवस्थामा बाल विवाह मुक्त गर्न सकिने ब्यबस्था रहेको जनाएको छ ।

विद्यालय तहमा अध्ययन गरिरहेका र बिद्यालय छोडेर बसेका कतिपय किशोर किशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि विभिन्न संघसंस्थासँगको सहकार्य र समन्वयमा मा गाउँपालिकाका बिभिन्न वडामा र वडाका टोलहरूमा पिरवर्तनका सम्वाहक  सि.अाे.सी.  क्लब र सञ्जालको सक्रियतामा सचेतनामुलक अभियान थालिएको बाके युनेस्काे क्लवले जनाएको छ । सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा जानकारी दिने गरिएको र रोकथामको बारेमा अभिभाबक र सरोकारवालाको भुमिकाका बारेमा अन्तक्रिया गरिएको कार्यक्रममा बाल विवाह रोक्नमा अभिभाबक र सहभागि किशोर किशेरीले प्रतिवद्धता समेत जनाएका थिए ।
राष्टिय जनगणना २०७८ अनुसार बढैयातालमा ३५.३ प्रतिशत किशोर किशोरीको २० वर्ष नपुग्दै विवाह हुने गरेको तथ्याङ रहेको छ । विभिन्न कारणले बाबुआमा बिहिन बनेका, परिवारमा बढि स्वतन्त्रता पाएका वा कडा सजाय पाएका , बेरोजगार भएका , मोबाईल वा सामाजिक सञ्जालको दुरुपयोग, अभिभाबको वेवास्ता ,पढाईमा कमजोर हुनु, परिक्षामा अनुत्तिर्ण हुनु लगायतका कारण किशोर किशोरीले चाँडो विवाह गर्नेगरेका कार्यक्रमका सहभागिले बताएका छन् । शुक्रवार र सनिवार बढैयाताल गाउँपिलकाको वडा नम्बर ८ स्थित प्रगतिशिल टोल ,सितलाबजार टोल , नयाँवस्ती टोल , भित्री लाइन टोल र पशुपतिजार टोलमा सम्बन्धित टोल विकास समितको समन्वयमा बाल विवाह बिरूद्का सचेतना सम्बन्धी कार्यक्रम गरिएको नागरिक समाज सञ्जालले जनाएको छ ।

Advertisement

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु