

दलबहादुर सुनार ७ फागुन , बढैयाताल गाउँ पालिकाको वडा नम्बर ८ लाई बाल विवाह मुक्त बनाउन टोल टोलले प्रतिबद्धता जनााएका छन् ।
साताको भेटमा बाल विवाहको कुरा भन्ने अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिका वडा नम्बर ८ का टोल टोलले बाल विवाह मुक्त टोल बनाउने प्रतिबद्धता जनाएका हुन् ।
नागरिक समाज सञ्जाल बढैयातालको आयोजनामा तथा बाके यूनेस्को क्लबको बाल विवाह, चाडै हुने र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजनाको सहयोगमा बढैयाताल गाउँपालिका वडा नम्बर ८ का टोल विकासको समन्वयमा ८ स्थानमा बाल विवाह बिरुद्ध अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
आज सोम वार बढैयाताल गाउँ पालिका ८ नम्बर वडा अन्र्तगत कुम्भर रोड टोलका अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा तथा बढैयाताल गाउँ पालिका ८ नम्बर वडाका अध्यक्ष तेजनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नागरिक समाज बढैयातालका सदस्य नेत्र प्रसाद सापकोटाले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्नु भएको थियो ।
स्थानिय मयुरबस्ती टोलविकास र कुम्भर रोड टोलविकासको संयुक्त समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष पौडेलले परिवारले घरै वाट असल संस्कार र उचित वाताबरण दिन सकेमा समाज परिवर्तन हुने बताउनु भयो । बाल विवाह सम्बन्धि बनेका कानुनले प्रतिबन्ध गरेका कुराहरुको अटेर गरेमा त्यस्ता ब्यक्ति लाई वडा कार्यालय वाट प्रदान गरिने सेवा सुविधा वाट बञ्चित गरिने अध्यक्ष पौडेलले बताउनु भयो । किशोरावस्थामा के राम्रो के नराम्रो भन्ने वारेमा छुट्याउन दोधारमा पर्ने उमेर भएकोले परिवारले निगरानी बढाउन पर्नेमा अध्यक्ष पौडेलले जोडदिनु भयो ।
साताको भेटमा बालविवाहको कुरा कार्यक्रममा साबिक कालिका गा. वि.स.का पुर्व –अध्यक्ष बिश्वराज सुबेदी , मिलन कृषक बहुमुखि सहकारी संस्थाकी अध्यक्ष शोभादेबी अधिकारी लगाएतले बाल बालिकाहरु कुलत तिर आकर्षित भएका छन् बाल विवाह भैरहेका छन् बाल विवाह रोक्न चुनौति भएको भन्दै घर परिवारका अभिभाबक , किशोर किशोरी , सरोकार वाला सबैले बाल विवाह , यौन हिंसा लगाएतका क्रियाकलाप गर्दिन र गर्न दिन्न भन्नेमा सबैले प्रतिबद्धता जनाउन र कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।
मयुरवस्ती गाउँका बड्घर तिलक बहादुर थारु, स्थानिय संघ संस्थाका प्रतिनिधि , स्थानिय टोलका नागरिक लगाएत करिब ८०÷९० जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको सहजिकरण नागरिक समाजका सदस्य दलबहादुर सुनार र संचालन समाजका सचिब ज्ञानेन्द्रराज पाेख्रेलले गर्नु भएकाे संजालले जनाएकाे छ ।









