बढैयातालमा आगलागि हुदा ४ लाखको क्षति ः एक भैसीको मृत्यु चार घाईते


दलबहादुर सुनार ८ फागुन बढैयाताल बर्दिया जिल्लाको बढैयाताल गाउँ पालिका वडा नम्बर ८ कण्ठपुरमा एक जनाको गोठमा राति आग लागि हुदा चार लाखको क्षति भएको छ । ।
कण्ठपुर निवासी दामोदर पौडेलको गोठमा सोमबार राति अन्दाजि ४ः १५ बजे परालको टौवावाट सल्केको आगोले परालको टौवा गोठ र चौपाय सहित ४ लाख बराबरको क्षति भएको श्रोतले जनाएको हो ।
आगलागि वाट गोठमा बाँधिएका २ भैसी र ३ जर्सी गाइ मध्ये एक लैनो भैसीको ज्यान गएको छ भने एक भैसाीको पाडी गम्भिर अवस्थामा भएको र ३ वटा गाई समेत घाईते भएको पीडित दामोदर पौडेलले जानकारी दिए ।
अकस्मात आगो देखिए पछि करिब १० मिमटमा प्रहरी घटनास्थलमा पुगेको कालिका प्रहरीले जनाएको छ । कालिका प्रहरी चौकी, सशत्र प्रहरी बल कण्ठपुर , स्थानिय र बारुणयन्त्रको सहयोगमा आगो निभाउने प्रयास गर्दा गर्दै पनि टौवा र गोठ पुर्णरुपमा नष्ट भएको र एउटा लैनो भैसीको जलेर ज्यान गएको छ । उक्त घटना वाट जलेर घाईते भएको एक भैसीको पाडीको अवस्था गम्भिर छ भने तिन वटा गाई समेत घाईते भएको कालिका प्रहरी चौकीका ईन्चार्ज प्रहरी सहायक निरिक्षक मोहन बिष्ठले जानकारी दिए ।


परालको टौवा ठुलो र गोठ संगै रहेको हुदा आगो निभाउने प्रयास गर्दा गर्दै पनि आगो लाई नियन्त्रणमा ल्याउन नसक्दा गोठ , भैसी र पराल सहित करिब ४ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
बिहान करिब सवा ४ बजे आगो नियन्त्रणमा आएको बताउदै आगलागिको घटना कसरी भएको हो भन्ने बारेमा प्रहरी वाट अन्ुसन्धान भैरहेको कालिका प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक बिष्ठले जानकारी दिए ।
आगलागि प्रकोपको उच्च जोखममा रहेको बर्दिया जिल्लामा बिभिन्न समय र स्थानमा यसै वर्ष भएको आग लागिका घटना वाट ठुलो जनधनको क्षति भएकोमा हामी सबै लाईलाई थाहा भएको बिषय हो । आगलागिका प्रकोप मानिने महिना नजिक आउदै छ चैत्र बैसाख महिनामा आगलागिका घटना बढी हुने भएकोले समुदाय स्तरमा सचेतना सम्बन्धिका कार्यक्रम गर्न स्थानिय सरकारको ध्यान जान जरुरी छ ।

Advertisement

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु