Advertisement
देउखुरी, दाङ — लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम दोस्रो लुम्बिनीसभाको तेस्रो हिउँदे अधिवेशन फागुन १८ गते दिउँसो ३ बजे आह्वान गरेका छन् । प्रदेशसचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम १ बमोजिम प्रदेशसभा सदस्यहरूका लागि जानकारीमूलक सूचना प्रकाशन गरिएको बताए ।
उनले अधिवेशन आह्वानसम्बन्धी सूचना प्रकाशित गरेर सदस्यहरूलाई जानकारी गराएका छन् ।









