नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहको क्षमता २ सय भए पनि यहाँ २ सय ६० जनालाई राखिएको छ ।
न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (युसेप) नामक गैरसरकारी संस्थाले गृहको जिम्मा लिएको छ । गृहभित्र उचित सुरक्षा प्रबन्ध हुन नसक्दा बारम्बार झडपका घटना हुने र बालबालिका भाग्ने क्रम दोहोरिएको देखिन्छ ।
Advertisement
जबकि गृहभित्र सुरक्षा दिन १६ जना सादा पोसाकका प्रहरी खटिएका छन् । २०७९ माघ २६ गते स्थानान्तरणको विषयलाई लिएर दुई समूहबीच झडप हुँदा तोडफोड र आगजनी भएको थियो । २०७९ वैशाख १० मा १ जना भागेका थिए तर पछि उनलाई नियन्त्रणमा लिइएको थियो ।









