काठमाडौं । सिमरा उपमहानगरपालिका १६ भद्रकालीस्थित पूर्वपश्चिम लोकमार्गको जंगलमा पथलैयाबाट रौतहट जाँदै गरेको ना ६५ प ५०११ नम्बरको मोटरसाइकललाई बाघले आक्रमण गर्न खोज्दा दुई जना घाईते भएका छन् ।
बाराका प्रहरीका अनुसार बाघको आक्रमणबाट मोटरसाइलकल चालक रौतहट बौधिमाइ नगरपालिका ३ का ३० वर्षीय कृष्ण साह र मोटरसाइकलको पछाडि सवार ३५ वर्षीय राजु साह घाइते भएका छन्।
Advertisement
कृष्णको खुट्टामा र राजुको हातमा चोट लागेको छ ।जंगलको सडकमा बाघले आक्रमण गरेपछि उनीहरू चिच्याएका थिए। अगाडि पछाडि चलेका गाडिहरू रोकिएपछि बाघ त्यहाँबाट भागेको थियो।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।









