एमाले कैलालीको ६ दिनपछि मतदान

 

धनगढी । नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास असफल भएपछि शुक्रबार मतदान सुरू भएको छ ।

Advertisement

सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि सुरू भएको मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।

 

एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु