श्रीमानको कुटाइले एक महिला घाइते

 

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका दिलबहादुर बस्नेतको कुटपिटबाट २६ वर्षीया मनमाया शेर्पा (बस्नेत) घाइते भएकी छन् ।

Advertisement

घरायसी विवादलाई लिएर आफ्नी श्रीमतीमाथि बस्नेतले कुटपिट गरेको पाइएको प्रहरीले जनाएको छ । बस्नेतले श्रीमतीको शरीरमा नीलडाम र चोट लाग्ने गरी कुटपिट गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु