बर्दिया । प्राकृतिक स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्य सम्पादन मुल्याकनमा बर्दियाको ८ स्थानीय तह मध्ये बढैयाताल गाउँपालिका सबैभन्दा कम अंक ल्याएर सबैभन्दा कमजोर देखिएको छ ।
बढैयाताल गाउँपालिकाले १७ सूचकमा १७.०१ अंक ल्याएर सबैभन्दा पछि परेको हो । १७ सूचकमा उक्त पालिकाले ५ सुचकमा न्युन अंक पाएको छ ।
Advertisement

मधुवन नगरपालिकाले ४३.२९, राजापुर नगरपालिकाले ३८.०५, गुलरिया नगरपालिकाले ४०.९५, बाँसगढी नगरपालिकाले २८ं.१९, ठाकुरबाबाले २७.४९, बारबर्दियाले २५.३१, गेरुवा गाउँपालिकाले २३.९३ अंक पाएका छन् ।सुचक १६ मा गुलरियालेमात्रै ३ अंक पाएको छ भने अन्य पालिकाले ० अंश पाएका छन् ।









