
दलबहादुर सुनार , ११ फागुन बढैयाताल , बढैयातालको ८ नम्बर वडामा सकारात्मक यौनिकता सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
स्थानिय बिभिन्न धर्ममा आस्था राख्ने धर्मगुरु र समाजका अगुवाहरु लाई यौनिकता सम्बन्धीको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले बाके युनेस्को क्लबको सशक्त बालिका परियोजनाको आयोजनामा अभिमुखिकरण भएको हो ।
स्वास्थ्य शाखाका प्रमुख बिष्णु पौडेल र रमेश पौडेलले अभिमुखिकरणको सहजिकरणग गर्दै यौनिकता हरेक प्राणीको विभिन्न आयाम मध्येको एक प्रमुख आयाम भएको र यसले लिङ्ग, लैङ्गिक पहिचान र लिङ्गको आधारमा रहेको भूमिका जस्तै प्रजनन् भूमिकालाई समेत समेटेको बताउनु भयो । त्यस्तै यौनिक उत्पत्ति तथा यौन सम्बन्धी उत्प्रेरणा, सुख,सामप्यिता प्राप्त गर्ने र प्रजनन सम्बन्धी विषयलाई यौनिकताभित्र राखेर हेरिने गरेता पनि यसको गलत प्रयोगले ब्यक्तिको स्वास्थ्य , समाजिक आर्थिक लगाएतमा नकारात्मक प्रभाब परेको भन्दै यसको समयमा र उचित तरिकाले ब्यबस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।
वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलले अहिले हाम्रो समाजमा बालविवाहका घटना हुदै गएको र ब्यबस्थापनमा चुनौति दखिएको सन्र्धमा बोल्दै हामीले समाजमा देखिएका गलत तथा हानिकारक अभ्यासको उचित ब्यबस्थापन गर्न धार्मिक संजाल , नागरिक समाज संजाल बिभिन्न क्षेत्र र समुदायका अगुवाहरुले यौनिकता , बालविवाह सम्बन्धिका कुराहरु खुलेर छलफल र बहस गर्नु पर्नेमा अध्यक्ष पौडेलले जोड दिनु भयो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा भएको कार्यममा स्थानिय चर्चका पाष्टर , बिभिन्न मन्दिरका पुजारी , बौद्ध गुम्बाका अगुवा , बड्घर दलित समुदायका अगुवा , नागरिक समाज लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको परियोजनाका कर्मचारी रामबहादुर थारुले जानकारी दिनु भयो ।








