एसिया कप २०२३ : पाकिस्तानलाई हराएपछि श्रीलंका फाइनलमा

एएफ्पि /कोलम्बो — कुशल मेन्डिसको ९१ तथा चारिथ असलन्काको ४९ नटआउट रनको मद्दतले श्रीलंकाले एसियाकप २०२३ मा बिहीबार पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । उपाधिको भिडन्तमा श्रीलंकाको सामना भारतसँग हुनेछ ।

 

Advertisement

ईकान्तिपुरका अनुआर  जितका लागि डीएलएस अनुसार ४२ ओभरमा २ सय ५२ रनको लक्ष्य पाएको श्रीलंकाले अन्तिम बलमा विजयी रन बटुलेको थियो । खेल सकिँदा स्थानीय समय अनुसार एक बजेर सात मिनेट गइसकेको थियो ।
श्रीलंकालाई जितका लागि अन्तिम ओभरमा आठ रन चाहिएको थियो । यो नतिजाले भारत र पाकिस्तानबीचको फाइनलको सम्भावना समाप्त भएको छ । अन्तिम ओभरमा जमन खानले सुरुआती चार बलमा दुई रन मात्र दिए पनि बायाँ हाते ब्याटर असलन्काले संयमितता गुमाएनन् ।

मेन्डिसले तेस्रो विकेटका लागि सदीरा समरविक्रमसँग सय रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । त्यस अगाडि मोहम्मद रिजवानको ८६ नटआउट रनको मद्दतले पाकिस्तानले सात विकेटमा २ सय ५२ रन बनाएको थियो ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु