
दलबहादुर सुनार ११ फागुन , बर्दिया जनजागरण महिला संघले बढैयाताल गाउँपालिका र गुलरिया नगरपािलकाका बिपन्न परिवार लाई न्यानो कपडा बितरण गरेको छ ।
संघले शुक्रवार टेवा नेपालको सहयोगमा बढैयातालको वडा नम्बर ३ र ९ गलरियाको १२ नम्बर वडामा बिपन्न , असाहाय अपांगता भएका र बालबालिका लाई न्यानो कपडा बितरण गरेको हो ।
जनजागरण महिला संघ बर्दियाकी अध्यक्ष गामा पौडेलले बिगतका वर्षमा बर्दिया जिल्लाका बिभिन्न पालिकामा बिभिन्न खालको राहत बितरण गर्दै आएको स्मरण गराउदै यस वर्षको पहिलो चरणमा बढैयाताल गाउँ पालिका वडा नम्बर ३ मा १० जना लाई , वडा नम्बर ९ मा ५३ जना लाई र गुलरिया नगर पालिका १२ भैसाही गाउँमा ४० जना लाई गरि जम्मा एक सय तिन जना लाई न्यानो कपाडा बितरण गरेको संघकी अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ९का अध्यक्ष बिर बहादुर थारुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ९मा बिपन्न परिवारका ३५ जना बालबालिका लाई स्कुल ड्रेस , ११ जना सुत्केरी महिला र ७ जना अपांगता भएका लाई बल्यांकेट बितरण गरिएको संघले जनाएको छ ।








