
दलबहादुर सुनार १२ फागुन , बढैयाताल कालिका सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र बढैयाताल ८ स्याउलीबजारले सार्वजनिक सुनुवाई गरेको छ ।
पुूतकालयले शुक्रवार एक कार्यक्रमको आयोजना गरि पुस्तकालय द्धारा संचालित सुरक्षित आप्रावासन तथा बैदेशिक रोजगार सम्बन्धि सचेतनात्मक कार्यक्रममा आधारित दियो परियोजनाको सामाजिक लेखा परिक्षण तथा सार्वजनिक सुनुवाई गरेको हो ।
आर्थिक बर्ष २०७९÷ ०८०÷ मा संचालित परियोजनाको गुणस्तर , बिधि ,प्रक्रिया , सोको लागि अवलम्बन गरिएका तौरतरिका र सेवा प्रदायक लक्षित समुह, र सरोकारवालाहरु लाई जानकारी गराउने र आगामा दिनको लागि रचनात्मक सुझाब लिने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनाई कार्यक्रमको सहजिकरण सामाजिक लेखा परिक्षक सुरज नेपालीले गरेका श्रोत केन्द्रले जनाएकाे छ ।
पुस्तकालयका अध्यक्ष सुन्दरमान श्रेष्ठको अध्यक्षतामा तथा पुस्तकालयका बौद्धिक ब्यक्तित्व तथा सार्वजनिक सुनुवाई कार्यक्रमका ज्येष्ठ सदस्य कृष्ण प्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बढैयाताल गाउँ पालिका ८ नम्बरका वडाध्यक्ष तेजनाथ पौडेल , ज्येष्ठ नागरिक संघ बर्दियाका अध्यक्ष टुकराज घिमिरे लगाएतले धारणा राखेका थिए ।
Advertisement

पुस्तकालयका सचिब शिव बहादुर कार्कीले सञ्चालन गरेकाे कार्यक्रममा पुस्तकालय संग सम्बन्धित सरोकारवाला , नागरिक समाजका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधि , पत्राकार लगाएत करिब ४५ जनाको सहभागिता रहेको श्रोत केन्द्रका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।









