बाँकेमा आयुर्वेद उपचारमा आकर्षण

 

गोरखापत्र अनलाइ/ नेपालगन्ज। बाँके जिल्लामा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रप्रति स्थानीयको आकर्षण दिनदिनै बढ्दै गएको छ।

Advertisement

आयुर्वेद औषधीको कुनै पनि साइड इफेक्ट नभएको र सो उपचार पद्धतीबाट रोगलाई जरैबाट समाप्त गर्न सकिने हुँदा बिरामीको आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्र बाँकेका सूचना अधिकारी सिताराम चौधरीेले बताउनुभयो।

उहाँले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६ महिनाको अवधिमा मात्र आयुर्वेद केन्द्रबाट १९ हजार २३८ जनाले उपचार सेवा लिएको जनाउँदै यस वर्ष गत वर्षभन्दा बढीले सेवा लिने अनुमान गरिएको बताउनुभयो।

आयुर्वेद स्वास्थ्य केन्द्र तथा नागरिक आरोग्य सेवा केन्द्रका अनुसार, साउनमा ३ हजार १७६, भदौमा ३ हजार २१, असोजमा ३ हजार ६३१, कात्तिकमा २ हजार ६००, मंसिरमा ३ हजार १०१ र पुसमा ३ हजार ७०९ ले उपचार सेवा लिएका छन्।

सो केन्द्रमा आएर उपचार सेवा लिने सबैभन्दा बढी १७ देखि ५९ वर्ष उमेर समूहका बिरामीहरु रहेका थिए । उक्त उमेर समूहका १३ हजार बढीले त्यहाँ पुगेर ६ महिनामा उपचार सेवा लिएको केन्द्रका सूचना अधिकारी चौधरीले बताउनुभयो। उहाँले गत आर्थिक बर्ष २०७९/०८० मा सो केन्द्रबाट ४१ हजार ३४ जनाले आयुर्वेद उपचार सेवा लिएको पनि बताउनुभयो।

बाँकेका आयुर्वेद स्वास्थ्य केन्द्रमा बाँके, बर्दिया, सल्यान, रुकुम, जाजरकोट, मुगु लगायतका जिल्लाबाट समेत बिरामी उपचारका लागि आउने गरेको जनाइएको छ। बाँकेमा सञ्चालित आयुर्वेद स्वास्थ्य केन्द्रहरूबाट उपचार सेवा लिनेहरु बढ्दै जाँदा ती केन्द्रमा पुगेर विभिन्न खालको थेरापी सेवा लिनेहरूको संख्या पनि बढिरहेको केन्द्रले जनाएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा थेरापी सेवा मानिने पूर्व पञ्चकर्म सेवा २ हजार ९१० बिरामीले लिएको केन्द्रको तथ्यांकमा उल्लेख छ। त्यस्तै ज्येष्ठ नागरिक तर्फ ९२७ ले सेवा लिएका थिए। योग सेवा लिनेको संख्या दुई हजार २८७ रहेको छ भने स्तनपायी सेवा ६३५ जना आमाले प्राप्त गरेको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु