प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी एफ. सि क्लबले जितेको छ।
आइतवार नेपालगन्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाईनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध ६ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो।
उपाधीसंगै मानवीले नगद रु. ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद रु. १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा पतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित भए।
बिजयी खेलाडीहरुलाई रोयलका अध्यक्ष सुर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबल प्रशिक्षक जनक केसी,ज्ञानमणी अधिकारी लगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए।
Advertisement
रोयल नेपालगन्ज क्लबको आयोजनामा शनिवारदेखी शुरु भएको प्रतियोगितामा बांके र बर्दियाका २४ वटा टोलीको सहभागिता रहेको थियो।रोयल नेपालगन्जले नेपालगन्जमा विभिन्न समयमा फुटसल प्रतियोगिताको आयोजना गरिएको छ ।
क्लबका अध्यक्ष अधिकारीको सक्रियताका कारण अहिले नेपालगन्जमा फुटसलको समेत क्रेज बढेको देखिन्छ । प्रतियोगिताको उदघाटन नेपालगन्ज मेडिकल कलेजका एमडि नितेश कनौडियाले गर्नु भएकोे प्रतियोगिता संयोजक मनिस थापाले जानकारी दिनुभयो ।









