बढैयातालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन” सम्बन्धी अन्त्तरक्रिया

(अख्तियार सम्बन्धीकाे बार्षिक प्रतिबेदन बढैयातालका अध्यक्ष हिमालय त्रिपाठीलाइ हस्तान्तरण गर्दै अायाेगका प्रमुख गणेश बहादुर अधिकारी  )

Advertisement

दलबहादुर सुनार १३ फागुन, बर्दियाको बढैयातालमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगंजको आयोजनामा तथा बढैयाताल गाउँपालिकाको समन्वयमा आइतवार बढैयातालको सुनगाभा होटलमा अन्तरक्रिया भएको हो ।
आयोगका प्रमुख गणेश बहादुर अधिकारीले भ्रष्टाचारको परिचय , अर्थ , परिभाषा , भ्रष्टाचारको प्रकार , भ्रष्टाचारका कारक , भ्रष्टाचार निवारण सम्बन्धी बनेका नीतिगत ब्यबस्था र भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका लगाएतको बिषयमा सहजिकरण गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै स्थानिय तहमा भ्रष्टाचार बढ्नुमा स्थानियतहका जनप्रतिनिधी लाई स्थानिय सरकार संचालन ऐन सम्बन्धीे ज्ञान नहुनु , कानुन नबनाएर काम गर्नु र बनाएको कानुनको बारेमा  जानकारी नहुदा पनि भ्रष्टाचारमा बृद्धि भएको हुन सक्ने अयोगका प्रमुख अधिकारीले बताउनु भयो । आयोग सिस्टममा रहेर काम गर्छ भ्रष्टाचार ठहर भएमा कसैलाई पनि नछाड्ने र खराब काम गर्दा जति सुकै असल तरिकाले गरेता पनि खराबै हुने बताउनु भयो । जन प्रतिनिधी लगाएत सार्वजनिक पदधारण गर्ने ब्यक्तिले सस्तो लोकप्रियताको लागि नभएर नीति र बिधिको साथमा रहेर सुशासनको पालना गर्नु पर्ने भन्दै भ्रष्टाचारमा कमि ल्याउन नागरिकले प्रश्न गर्ने बानिको बिकास गर्नु पर्नेमा प्रमुख अधिकारीले जोड दिनु भयो ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठले आफ्नो धारणा राख्दै पालिका वाट प्रदान गरिने सेवा र कार्य सम्पादनमा भ्रष्टाचार नभएर बिधि र प्रकृयागत रुपमा त्रुटी भएको हुन सक्ने बताउनु भयो । पालिकाको काम लाई चुस्त दुरुस्त राख्न , पालिकामा सुशासन तथा सदाचारी इकाई गठन गर्ने र शाखा वाट भएका गरेका कामको दैनिक रिपोर्टिङ हुने ब्यबस्था गर्ने र पालिका लाई सुशासन युक्त र भ्रष्टाचार मुक्त बनाउन कुनै कसर बाकी नराख्ने अध्यक्ष त्रिपाठीले प्रतिबद्धता जनाउनु भयो ।
त्यसै गरी अन्तरक्रिया कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीले कानुन र क्षेत्राधिकार नबुझेर काम गर्दा भ्रष्टाचार हुदो रहेछ त्यसैले अव देखि जिम्मेवार सरकोकार वालाहरुले बिधि र कानुन र सुशासनको पालना गर्ने प्रतिबद्धता जनाउनु भयो ।
आयोगका प्रमुख गणेश बहादुर अधिकारीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्याक्रममा बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुबेदीले स्वागत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा अधिकृत नारायण प्रसाद ढकालले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

वढैयातालका वडाध्यक्षहरु, कार्यपालिकाका सदस्य , वडा सदस्यहरु , बिद्यालयका प्रधानाध्यापक , बढैयातालका शाखा प्रमुखहरु , सामुदायिक बनका अध्यक्ष , सहकारी संघ सस्थाका प्रतिनिधि , गैर सरकारी संघ संस्थाका प्रतिनिधि , नागरिक समाजका प्रतिनिधि , उद्योग बाणिज्य संघका अध्यक्ष, पत्राकार लगाएत करिब १सय ३० जनाको सहभागिता रहेको कार्यक्रममा अायाेगका प्रमुख अधिकारीले बढैयातालका अध्यक्ष हिमालय त्रिपाठी लाइ अख्तियारकाे बार्षिक प्रतिबेदन सम्बन्धीकाे पुस्तक हस्तान्तरण गर्नु भएकाे  जनाएकाे छ   ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु