काठमाडौं । प्रतिनिधिसभा -संसद को सोमबार बसेको बैठकमा एमाले सांसदहरुले आ–अफ्नो स्थानमा उभिएर नाराबाजी गरेका 5न् ।
Advertisement
एमाले सांसदहरुको नाराबाजीपछि संसद बैठक १५ मिनेटलाई स्थगित भएको छ । विपक्षी दलहरुले ६ फागुनयताका हरेक बैठकमा विवादमा मुछिएका मन्त्रीहरुको राजीनामा माग गर्दै आएका छन् ।
१३ पुसमा भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला पनि दोषी रहेको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि विपक्षीहरुले उनको राजीनामा मागेका हु्न् ।
त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रभण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।








