२९ भदौ, काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने तयारी गरेपछि बाँकेको कोहलपुर र बर्दियाको चार पालिकालमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन माग गरिएको छ । बाँकेको कोहलपुर र बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरीया र मधुव नगरपालिकाबाट निवेदन माग गरिएको हो ।
Advertisement
त्यस्तै, आयोगले आज सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा र उदयपुरमा निवेदन माग गरिएको छ । यसैगरी मधेश प्रदेशका सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बारामा, बागमती प्रदेशका दोलखा, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुली, रसुवा, काभ्रे, काठमाडौं र भक्तपुरबाट आवेदन माग गरिएको छ ।
कर्णाली प्रदेशका दैलेख र डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा र बैतडीमा पनि आवेदन संकलन हुने छ ।










