नेपालगन्जको एकपसलमा आगलागी, करिब एक करोड क्षति

 

नेपालगन्ज । नेपालगन्जको घरबारी टोल २ मा रहेको न्यूमाया इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा करिब एक करोड रुपियाँको क्षति भएको छ ।

Advertisement

पसलका सञ्चालक उमेशकुमार कसौंधनले दिनुभएको जानकारीअनुसार मङ्गलबार राति करिब १२ः३० बजेतिर भएको आगलागीबाट ९६ लाख रुपियाँको महँगो मोबाइललगायतका इलेक्ट्रोनिक्स सामान जलेर नष्ट भएको हो ।

कसौंधनले सर्ट सर्किट भएर आगलागी भएको जनाउँदै आगलागीको खबर थाहा पाउनेवित्तिकै दमकल, प्रहरी र स्थानीय बासिन्दाले पुगेर केही बेरमै आगोमा नियन्त्रण पाए पनि पसलभित्रको सबै सामान जलेर खरानी भइसकेको बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले आगलागीबाट ठुलै क्षति भए पनि क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जनाउँदै सबै विवरण पाएपछि मात्र क्षति यकिन गर्न सकिने बताउनुभयो ।

सर्ट सर्किट भएर नेपालगन्जमा हरेक महिनाजसो कुनै न कुनै पसलमा आगलागी हुँदैआएको स्थानीयको भनाइ छ । गोरखपत्र ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु