बढैयातालका शिक्षा शाखा प्रमुख ढकाल माथि अभद्र ब्यवहार

१६ फागुन/ बढैयाताल गाउँ पालिकाका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लाई नचिनेका ब्यक्तिले आज कालो मोसो दल्दै अभद्र ब्यबहार गरेका छन् ।

घर वाट कार्यालय तर्फ आउदै गरेका शिक्षा शाखा प्रमुख ढकाल लाई बुधवार बिहान अन्दाजि पौने दश बजेको समयमा बढैयाताल गाउँपालिका वडा नम्बर ३ भोलागौडी बजार नजिक नचिनेका ब्यक्तिहरुले कालो मोसो दल्दै लछार पछार गरि अभद्र ब्यबहार गरेका हुन् ।

Advertisement

बढैयाताल गाउँपालिका अन्तर्गतका कर्मचारीहरुले आज आकास्मिक बैठकको आयोजना गरी राष्ट्रसेवक कर्मचारी माथि भएको घटनाको घोर भर्तसाना गर्दै घटनामा संलग्न जो कोही लाई तत्काल पक्राउ गर्न र जिउ ज्यानको सुरक्षाको माग राख्दै बढैयाताल गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठी लाई प्रेश बिज्ञप्ति बुझाएका छन् । संघर्ष समितिका संयोजक लेखा अधिकृत नारायण त्रिपाठीको नेतृत्वमा आएका ध्यक्ष त्रिपाठी लाई प्रेश बिज्ञप्ति बुझाएका  छन् ।

अध्यक्ष लाई बुझाएको बिज्ञप्तिमा जव सम्म घटनामा संलग्न दोषी माथि कार्वाही गरिदैन तव सम्म अत्यावस्यक सेवा बाहेक सबै सेवा बन्द गर्ने एक समारोहमा आन्दोलित कर्मचारीले चेतावनी दिएका हुन ।
घटनाको बिषय लाई लिएर बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको अध्यक्षतामा कार्यपालिकाको आकास्मिक बसेको बैठकले बिज्ञप्ति जारी गरेको छ ।

कार्यपालिकाकाे बढैठकले बुधवार साझ बिज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारी वाट कार्य सम्पादनका क्रममा केहि कम्जोरी भएमा कार्वाही गर्ने तमाम कानुनी ब्यवस्था हुदा हुदै संघियता माथिनै चुनौति दिदै कानुन हातमा लिने जस्ता गैरकानुनी क्रियाकलापको घोर भर्तसना भएको जनाएको छ । शिक्षा शाखा प्रमुख ढकाल माथि भएको अभद्र ब्यहारले पालिकाको ध्यानाकर्षा भएको भन्दै घटनामा संलग्न लाई तत्काल पक्राउ गरि कानुन बमोजिम कार्वाहीका लागि सुरक्षा निकाय संग माग राख्दै आन्दोलित कर्मचारी लाई सेवा सुचारु राख्न अनुरोध गरिएको पालिकाका अध्यक्ष हिमालय त्रिपाठी द्धारा हस्ताक्षरित बिज्ञप्तीमा जनाएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु