दलबहादुर सुनार
Advertisement
बढैयाताल , विद्या ज्योति नमुना माध्यामिक विद्यालय बढैयाताल ८कण्ठपुर बर्दियाले सार्वजनिक सुनुवाई गरेको छ ।
विद्यालयले बुधवार एक कार्यक्रमको आयोजना गरि नमुना विद्यालयको गुरुयोजना अनुरुप भौतिक निमार्ण तर्फको सार्वजनिक सुनुवाई गरेको हो
आ.ब. २०७९÷०८० मा बिद्याललयले भौतिक पुर्वाधार निमाणार्थ प्राप्त अनुदानको रकम ५० लाख र आन्तरिक तर्फ २७ लाख १८ हजार १ सय ४० गरि कुल जम्मा ७७ लाख १८ हजार १सय ४० रुपैया ८७ पैसाको खर्चको सार्वजनिक गरिएको थियो ।
भौतिक निमार्ण कार्यमा भएका वास्तबिक खर्चको जानकारी गराउने उद्देश्यले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त सिंह ठकुरीको अध्यक्षतामा सरोकार वालाहरुको उपस्तिथिमा भएको सार्वजनिक सुनुवाईमा विद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले शिर्षक अनुसारको बजेट तथा वास्तविक खर्चका विवरण सहित उपलब्धीहरुको बारेमा चुस्त दुरुस्त र पारदर्शिता रुपमा भएको बिवरण सार्वजनकि सुनुवाईमा प्रस्तुत गर्नु भएको बिद्यालय श्रोतले जनाएको छ ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि तेजनाथ पौडेलले कुनै पनि सार्वजनिक कामगर्दा बिधि र पद्धति सम्मत काम गर्नु पर्ने भन्दै राम्रो काम लाई प्रोत्साहन र कम्जोरी भए प्रश्न गर्ने बानिको बिकास गर्नु पर्ने बताउनु भयो ।
भौतिक निमार्णको लागि भएको सम्झौता अनुसार कार्यसम्पन्न गरि अन्तिम भुक्तानी प्राप्त गर्नको बिद्यालयले पेश गरेको महिनौ बित्दा पनि पालिका बेखबर भएकोमा अध्यक्ष पौडेलले असन्तुष्टि ब्यक्त गर्नु भयो । बिद्या ज्योति प्रति सकारात्मक नदेखिएको र भुक्तानी दिनु हुन्न भन्ने पालिकाले मानसिक्ता राखेको अनुभुति भएको ब्यक्त गर्दै कार्यपालिकाको बैठकले दिने निर्णय गरेको र दिनु पर्ने दायित्व रातो किताबमा समेत उल्लेख भएको जानकारी गराउदै पाउनु पर्ने बाकि रकम २३ लाख १० हजार बिद्यालयको खातामा आउनेमा आफु ढुक्क भएको अध्यक्ष पौडेलले बताउनु भयो ।
सार्वजनिक सुनुवाईमा बिद्यालयका पुर्व प्रधानाध्यापक राजेन्द्र सिंह एल.सी. , पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिबहादुर अधिकारी , रामचन्द्र थापा , बिश्वराज सुवेदी , शिक्षा प्रेमी एंव समाजसेबी टुकराज घिमिरे लगाएतले बिद्यालयले गरेका हरेक कामहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जानकार भएको र बिद्याललयले कुनै पनि हिनामिना गरेको भन्नेमा कुनै पनि संका नभएको बताए । बोल्ने बक्ताहरुले आफ्नो बिचार राख्दै भने पालिकाले बिगत देखिनै बिद्यालयको बदनाम गर्ने गरेको र गिद्धे दृष्टिकोणले बिद्यालय लाई हेर्ने र सोही अनुसारको ब्यबहार गर्ने गरेकोमा पालिका प्रति आक्रोश समेत पोखेका थिए ।
स्थानिय जन प्रतिनिधि , बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, पुर्व ब्यबस्थापन समितिका अध्यक्षहरु , अभिभाब संघका अध्यक्ष , शिक्षक , अभिभाबक , बिद्यालयका पुर्वबिद्यार्थी नागरिक समाजका प्रतिनिधि , पत्रकार लगाएत करिब ५० जनाको सहभागिता रहेको सार्वजनिक सुनाई कार्यक्रम लाई समापन गर्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ठकुरीले बढैयातालको शिक्षा शाखा र लेखा नै बिद्या ज्योति प्रति सकारात्मक नभएको बिभिन्न बाहनामा दुःख दिने गरेको र बिद्यालय लाई सिध्याउने खेल पालिका वाट भएकोमा खेत प्रकट गर्दै आफुले बिद्यालयको एक रुपैपा पनि हिना मिना नगरेको गर्न पनि नदिने भन्दै बिद्यालयमा गुणस्तर शिक्षाको लागि बिद्यालय ब्यबस्थापन समितिको तर्फ कुनै कसर बाकी नराख्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
भनिन्छ सार्वजनिक सुनुवाई जनताको अदालत हो । सार्वजनिक पदधारण गरेका कर्तब्यपालक र सेवाग्राही बिच अन्तरक्रियात्मक छलफलको माध्याम बाट कार्यसम्पन्न भएका गतिबिधीको उपलब्धी र खर्चको बास्तबिक रुपमा नियमित जानकारी गराउनु पर्ने नैतिक जिम्मेवार पनि हो भने सचेत नागरिकले पनि सार्वजनिक सरोकार राख्ने सेवा प्रदायक वाट भएका कामहरुको बारेमा प्रश्न राख्ने बानिको बिकास गर्न सकेमा सुशासनको पाटोमा सुधार आउन सक्छ ।








