बर्दिया — ठाकुरबाबा नगरपालिका–४ मैनावारमा बिहीबार राति गोठमा लागेको आगो निभाउन खोज्दा ५५ वर्षीय लक्षीराम जैशीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, बर्दियाका अनुसार गोठमा आगलागीको कारण खुलेको छैन । घटनास्थल सदरमुकाम गुलरियाबाट पश्चिम उत्तरतर्फ करिब ३० किलोमिटर दूरीमा पर्छ । जाडोयाम सुरु भएयता बर्दियामा आगलागीका घटनामा हालसम्म ९ जनाको ज्यान गएको छ ।









