दाङ — घोराही उपमहानगरपालिका–५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षिय बुवा प्रेमबहादुर केसीको हत्या गरेका छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार मादक पदार्थ सेवन गरेका छोराले बिहीबार राति सुतिरहेको अवस्थामा बाबुलाई निर्घात कुटपिट गरी हत्या गरेका हुन । कुटपिटमा संलग्न छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।









