बाँके । नेपालगंज उपमहानगरपालिका १८ बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब २० ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका १० भृकुटिनगर बस्ने ४३ वर्षीय बिकाश पौडेल र ३६ वर्षीय
राजिव कुमार कर्ण रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो
नेपालगंजबाट खटिएको प्रहरीले भे।११ प ४१२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा
मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो









